विराटनगर महानगरपालिकाका मेयर र उप–मेयरलाई ‘मेरो देश मेरै उत्पादन’ को निमोनिक लोगो प्रदान

विराटनगर महानगरपालिकाका मेयर र उप–मेयरलाई ‘मेरो देश मेरै उत्पादन’ को निमोनिक लोगो प्रदान

विराटनगर । ‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरण अन्तरगत अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त टोलिले महानगरका मेयर भीम पराजुली र उप–मेयर इन्दिरा कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतलाई प्रदान गरेको हो ।

सोमबार उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा महानगरपालिका पुगेको टोलिले साझा अभियान ‘मेरो देश, मेरै उत्पादन’ निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड हस्तान्तरण गर्नु भएको थियो । यो औद्योगिक तथा व्यापारिक संस्थाहरुको साझा अभियान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्