विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ ।
पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।
स्कुलका कक्षा १० का विद्यार्थीहरुको लागि उक्त टेक्नोलोजीबाट पढाइ हुने स्कुलले जनाएको छ ।
नेपाल सहित विश्वका १८ वटा देशमा पढाइ भईरहेको उक्त टेक्नोलोजीबाट विद्यार्थीको पढाइ तथा बुझाईमा सहयोग गर्ने माई सेकेन्ड टिचरको दाबी रहेको छ ।