मोवायल बैकिङ्ग कारोबार शुल्क घट्यो, एटीएम प्रयोग झन् सहज

मोवायल बैकिङ्ग कारोबार शुल्क घट्यो, एटीएम प्रयोग झन् सहज

विराटनगर । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो बनाएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ५० हजार भन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँ भन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ । मोवाइल बैंकिङबाट अर्को बैंकको खातामा रकम पठाउदा यस अघि बैंकहरुले आफै शुल्क निर्धारण गरेका थिए । सामान्यतया बैंकहरुले सानो रकम पठाउँदा पनि २० रुपैयाँ भन्दा माथि शुल्क लिने गरेका थिए ।

राष्ट्र बैंकले एटीएम प्रयोगकर्ताका लागि पनि सहज बनाइदिएको छ । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसका अलवा बैंकहरुले प्रतिकारोबार २० रुपैयाँ भन्दा बढी लिन पाउने छैनन् । कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो । लकडाउन बाहेकका समयमा बैंकहरुले आफूखुसी एटीएम प्रयोगको शुल्क लिने गरेका थिए । प्रति कारोबार २५ रुपैयाँदेखि एक सयसम्म शुल्क लिने गरेका बैंकहरुले अब भने अधिकतम २० रुपैयाँमात्रै लिन पाउनेछन् ।

बैंकहरुले विद्युतीय कारोबारमा लाग्ने शुल्कको जानकारी पनि वेवसाइटमै राख्नुपर्नेछ । कम्तिमा ६-६ महिनामा शुल्कबारे अपडेट गराउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्