विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

विराटनगरमा ‘होटल नमस्कार रिजेन्सी’को नामबाट नयाँ होटल सञ्चालनमा

प्रेम देवान
विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो ‘होटल नमस्कार’ को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय ‘होटल नमस्कार’ बन्द भएपछि उक्त स्थानमा अब ‘नमस्कार रिजेन्सी’सञ्चालन हुने भएको हो ।

नमस्कार रिजेन्सीको सञ्चालन विराटनगरकै अर्को पर्यटकीय होटल ‘मुन होटल’का सञ्चालक विजय प्रसाईंले गरेका छन् । प्रसाईंले घरजग्गाका धनी काठमाडौंका कृष्णगोपाल श्रेष्ठसित १५ वर्षका लागि लिजमा लिएका छन् । विराटनगरका लागी ईतिहास बोकेको पुरानो होटलको भवनको जीर्णोद्धारलाई मर्मत सम्भार गरी होटललाई नयाँ स्वरुप दिएका छन् ।
झण्डै ३ करोड बढी लगानी गरी पुरानो होटल रहेको भवनलाई पुन ताजगी बनाइएको छ । होटल नमस्कार रिजेन्सी क्षेत्रमा १८ कट्ठा जमिनमा छ । जसमध्ये २ कट्ठा ४ धुर क्षेत्रमा होटलको मुख्य भवन छ । कार्यक्रमका लागि ठूलो र सानो गरी दुई वटा हल छन । एउटा होटलभित्र मिनी हल र अर्को बाहिर रहेको छ । परिवारिक वातावणीय रेस्टुरेन्ट सहित होटलमा अट्याच बाथरुम भएका २५ वटा कोठा छन् ।

त्यस्तै होटलको भान्सालाई पनि मोड्युलर कमर्सियल किचनको स्वरूप दिएर अत्याधुनिक शैलीको बनाईएको छ । होटल भवनको पछाडि ठूलो चउर खालि भएकाले दुई वटा विवाह वा कुनै पनि कार्यक्रम सजिलै गर्न सकिने संचालक प्रसाईले बताए । यसका साथै पहिलेको हललाई पनि पुन मर्मत सम्भार गरी नयाँ शैलिमा आकर्षक बनाइएको छ ।

त्यहि स्थानमा रहेको होटल नमस्कारको ईतिहास यस्तो छ
विराटनगरको प्रमुख चोकमध्येको ट्राफिक चोकमा धरानका समाजसेवी एवम् निर्माण व्यवसायी राजकुमार श्रेष्ठले २०३७ सालदेखि ‘होटल नमस्कार’ सञ्चालन गरेका थिए। २०४४ मा उनको निधन भएपछि छोराद्वय युवराज र राजनले होटललाई निरन्तरता दिए।
राजनले २०५१ मा विराटनगरकै रोडशेषमा अर्को ‘होटल स्वागतम’ खोले र छुट्टै व्यवसाय सञ्चालन गरे। यसपछि युवराजले एक्लैको काँधमा ‘नमस्कार’ को दायित्व आइलाग्यो। २०६९ मा युवराजको निधन भएपछि छोरा युनेशमा होटल सञ्चालनको अभिभारा आयो। युनेशको पालामा कोभिड १९ ले गर्दा विराटनगरका ठूला तथा साना होटलहरुलाई ठूलो असर पार्यो यसको प्रत्यक्ष असर होटल नमस्कारलाई पनि पर्यो । लामो समय सम्मको लकडाउनले गर्दा अन्तत युनेशले होटल नमस्कार बन्द गर्ने अवस्थामा पुगे । उनले हाललाई होटल नमस्कार बन्द गरेको भएपनि पुन नयाँ स्थानमा नयाँ योजनाका साथ होटल नमस्कार नै सुरु गरिने आवर विराटनगरलाई बताए ।

कुनैवेला नोकरी गरेका प्रसाई त्यही होटलका मालिक
संघर्ष गरेर होटलका सञ्चालक बनेका विजय पहिले होटल नमस्कारमै जागिरे थिए । २०५१ सालमा होटल नमस्कारमा रिसेप्सनिस्टको जागिर खाए । मासिक एक हजारमा उनले होटलमा काम थाले।विजयले राम्रो पर्फर्मेन्स देखाएका कारण अर्को महिना नै उनको तलब युवराजले १ हजार ५ सय बनाइदिए । झन्डै एक बर्ष सम्म होटल नमस्कारमा जागिर खाएका प्रसाईले । यसैबीच विराटनगरकै अर्को मुख्य चोक रोडशेष चोकमा होटल मुनको उद्घाटन २०५३ सालमा तत्कालीन पर्यटन मन्त्री चक्र बास्तोलाले गरे । त्यसपछि पुन होटल मुनमा प्रसाईले ठूलो पदमा अफर आएपछि मुन होटलमा जागिर खाए । होटल मुनमा लामो समय सम्म जागिर खाएपछि पुन होटललाई आफैले जिम्मा लिएर संचालन गरिरहेका छन । आफुले कार्य गरेको होटल नमस्कारले लामो समयदेखि संचालन गर्दै आएको होटलको भवन र स्थान छाडेपछि हाल उनले सोहि स्थानमा होटल नमस्कार रिजेन्सी नामको होटल सुरु गरेका हुन्छ ।
प्रसाई विराट होटल व्यावसायी संघका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्