ओमान विरुद्ध नेपालको फराकिलो जीत

ओमान विरुद्ध नेपालको फराकिलो जीत

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमान विरुद्ध शानदार जीत हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा नेपालले ओमान माथि ७ विकेटको फराकिलो जीत हासिल गरेको हो ।

पहिले ब्याटिंग गरेको ओमानले ३७ दशमलव १ ओवरमा आफ्नो सबै विकेट गुमाउदै १ सय २१ रन जोड्न सकेको थियो । ओमानलाई सस्तोमा समेट्नका लागि सन्दिप लामिछाने र करन केसीले ४-४ विकेट लिए भने शरद भेसवाकरले २ विकेट लिए । ओमानका लागि जिसान मक्सुदले ४१, जतिन्दर सिंहले १३ र नसिम खुसीले १२ रन जोडेका थिए ।

प्रत्युत्तरमा नेपालले निर्धारित लक्ष्य १८ दशमलव २ ओवरमै हासिल गरेको छ । नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन, आशिफ शेखले ४० रन जोडेका थिए ।

यसका साथै आइसीसी विश्वकप क्रिकेट लिग–२ मा ८ खेल खेल्दै ४ जित तथा ४ मा हारसहित ८ अंकको साथ नेपाल अंकतालिकामा चौथो स्थानमा पुगेको छ । नेपालले यस अघि भएको दुई खेलमा ओमान र अमेरिकासँग पराजीत भएको थियो भने त्यस अघि अमेरिकालाई पराजित गरेको थियो । यहि भ्रमणमा पपुवा न्यु गिनिसँगको दुबै खेलमा भने नेपालले जीत हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्