रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु

<span class='c1'>रूसको एक क्याम्पसमा गोली चल्दा</span> <span class='c2'>कम्तिमा आठ जनाको मृत्यु</span>

मस्को ।

मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोलीकाण्ड हो ।

प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । उक्त घटनामा सुरूमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना घाइते भएका अनुसन्धानकर्ताहरूले जानकारी गराएका थिए ।

सामान्यतया शिक्षण संस्थामा कडा सुरक्षाको कारण र कानुनी तवरमा बन्दुक किन्न कठिनाइको कारण रूसमा तुलनात्मक रूपमा शिक्षालयमा यस्ता आक्रमण कमै हुने गरेका छन् । रूसमा शिकार खेल्न राइफल दर्ता गर्न सम्भव भएपनि अन्य अवस्थामा आधुनिक हतियार राख्न पाइदैन ।

सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा विद्यार्थीहरूले आक्रमणकारीबाट भाग्न उफ्रनुअघि परिसरका भवनहरूबाट सामानहरू फ्याँक्दै गरेको देखाइएको थियो ।

राज्य सञ्चार माध्यमहरूले दिएको रिपोर्ट अनुसार सोमबारको आक्रमणको दौडान कालो छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्तिहरू हतियार बोकेर परिसर हुँदै हिंडिरहेको देखाइएको छ ।

रूसमा यस्तै एक घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो र उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त आक्रमणमा संलग्न ती व्यक्तिको मानसिक अवस्था विग्रिएको बताएका छन् ।
– एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्