खाद्य बिज्ञान र प्रविधीको नवौं सम्मेलन, फुड कन्फरेन्समा बिद्यार्थीहरुलाई दर्ता आव्हान

खाद्य बिज्ञान र प्रविधीको नवौं सम्मेलन, फुड कन्फरेन्समा बिद्यार्थीहरुलाई दर्ता आव्हान

खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजीहरु भइरहेका छन् । यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य बैज्ञानीक तथा प्राविधीक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ ।

यस विषयमा विशेषज्ञ देखि बिद्यार्थीहरु, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्ताहरुसम्म उत्साहित रुपमा सहभागी भएर आयोजना हुने यस राष्ट्रिय खाद्य सम्मेलनमा यस वर्ष पनि सबैजना लाई हार्दिक आमन्त्रण गरिएको छ । नेपाल खाद्य बैज्ञानीक तथा प्राविधीक संघ, खाद्धध प्रविधी तथा गुण नियन्त्रण विभाग, केन्द्रिय प्रविधी क्याम्पस धरान, वलियो नेपाल पोषण कार्यक्रम , र वाइपी यार्ड एसिया प्यासिफिक को संयूक्त आयोजनामा यस सम्मेलन यहि असोज महिनाको १५ र १६ गतेका दिन काठमाडौको एभरेष्ट होटल नयाँ बानेश्वरमा हुँदैछ ।

दुई दिनको उक्त कार्यक्रममा सहभागी हुनका लागि हरेक सहभागीहरुले निर्धारित शुल्क तिर्नुपर्ने हुन्छ जुन यस कार्यक्रम आयोजना मा नै खर्च गरिने छ । यसरी नेपालमा खाधान्न र प्रविधीसंग समबन्धीत बिज्ञ, बिधार्थी र प्रयोगकर्ताहरुलाई एकै थलोमा ल्याएर सम्मेलनको आयोजना गरिनु आँफैंमा उत्साहजनक कुरा हो । त्यस माथि खाद्य प्रविधी अध्यनरत र शोध गरिरहेका बिद्यार्थीहरुको हकमा भनें यसरी सम्मेलनमा सहभागी भई नयाँ कुरा जान्ने, प्रश्नोत्तर गर्ने र सहभागी भएको प्रमाणपत्र प्राप्त गर्नु अत्यन्त फलदायी रहेको पाइन्छ ।

कार्यक्रममा खाद्य प्रविधीसंग समबन्धीत कलेजहरु र अन्तराष्ट्रिय शोधकर्ताहरुको पनि उपस्थिती हुनेछ । यस वर्ष यस खाद्य सम्मेलनमा भाग लिनका लागि भर्चुअल सेसनहरुको समेत ब्यबस्था गरिएको छ, नेपाल अधिराज्यको कुनै पनि कुनामा रहेका बिधार्थीहरुले सहजै आफूलाई रजिष्टर गरेर प्रविधीमार्फत यस कन्फरेन्समा सहभागी जनाउन सहजै सक्नेछन् । रजिष्टरका लागि निम्न लींकमा जान सकिन्छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScr-iM98AqZQatUf_niHFqelyUT0tZJEkNUDJx3e_Tvka1PiQ/viewform

विराटनगर र आसपासका कलेज र बिद्यार्थीहरुका लागि यस कन्फरेन्सको महत्व आत्मसाथ गरेर हामीले यस समाचारलाई प्रकाशन गरेका हौं । थप जानकारीका लागि ०१४२५६६२४ अथवा ९८०४०६०६८१ मा अभिशेक जी लाई कल गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्