सरकारद्वारा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज

सरकारद्वारा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज

विराटनगर।

सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा खारेज गरेको हो ।

अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर गत पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बाएको थियो । समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण रहेका थिए ।
तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएका भण्डारीले पत्र बुझ्न भने बाकि नै रहेको श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्