प्रमुख जिल्ला अधिकारी दाहाललाई संघको स्वागत

प्रमुख जिल्ला अधिकारी दाहाललाई संघको स्वागत

विराटनगर । मोरंङ व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई स्वागत गरेको छ । संघका अध्यक्ष प्रकाश मून्दडाले प्रमुख जिल्ला अधिकारीसहित पाल्नु भएका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेललाई संघमा स्वागत गर्नु भएको हो ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग–व्यवसाय प्रतिष्ठानहरुको हक, हित, संरक्षण, सम्वद्र्धन एवं विकासका लागि थप टेवा पुग्ने अपेक्षा संघले त्यस क्रममा स्थानीय प्रशासनसँग राखेको थियो ।
चाडपर्वहरु नजिकिरहेकाले व्यवसायिक केन्द्र विन्दु विराटनगर सहित आसपासका क्षेत्रमा उद्योगी–व्यवसायी र आम सर्वसाधारणहरुका लागि बजार व्यवस्थापन र आपूर्ति श्रृंखलालाई सहजीकरण गर्दैै बजार खोल्ने समयावधि बढाउन तथा शान्ति सुरक्षाको प्रत्याभूमि दिलाउन समेत माग गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्