विराटनगर।
काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या देखिएपछि सो जहाज अवतरण हुन नसक्दा पुन: काठमाडौंतर्फ फर्किएको हो ।
अहिले जहाज काठमाडौंकै आकाशमा होल्ड भएकाले एयरपोर्टमा हाइ अलर्ट जारि गरिएको छ। जहाज आकस्मिक रुपमा अवतरण गराउनुपर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
उक्त जहाज आज बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो । काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाजलाई फ़र्काइएको हो ।