उद्योग संगठनले औद्योगिक सर्वेक्षण थाल्यो

उद्योग संगठनले औद्योगिक सर्वेक्षण थाल्यो

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य थालेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ औद्योगिक सर्वेक्षण–२०७८ प्रारम्भ गरेको हो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले पछिल्लो समयको यकिन तथ्यांकसहितको औद्योगिक वस्तुस्थिति समेट्ने योजनासहित सर्वेक्षण सुरु गरिएको बताउनुभयो । एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिनुभयो ।

उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रिितष्ठानहरु पुग्ने छन् । संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्यनजर गर्दै गणकहरुका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन । यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ ।

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसंगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम आश्विन महिना भित्रमा सक्ने र मंसिरको पहिलो साता सम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । संगठनले तथ्याकं सकंलनका लागी खटि आउने संगठनका प्रतिनिधिहरुलाई आफ्नो उद्योग व्यवसायसंग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्याकं उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा हार्दिक अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्