दुई घण्टापछि पुनः काठमाण्डौंमा अवतरण भयो जहाज, प्रेस बिज्ञप्तिसहित

दुई घण्टापछि पुनः काठमाण्डौंमा अवतरण भयो जहाज, प्रेस बिज्ञप्तिसहित

विराटनगर।

विराटनगर विमानस्थलमा अवतरण हुनुपर्ने बुद्ध एयरको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण भएको छ । आज बिहान ८ बजेर ३२ मिनेटमा काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा राखिसकिएको छ । जहाज सुरक्षित अवतरण भएकाले सम्भावित संकट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।
उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ(बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्