नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरद्वारा १८ औं वार्षिकोत्शव विशेष कार्यक्रमका साथ सम्पन्न

नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरद्वारा १८ औं वार्षिकोत्शव विशेष कार्यक्रमका साथ सम्पन्न

विराटनगर।

आकृति रानी फुयल।

नेपाल युवा उद्यमी मंचले देशव्यापी रुपमा आफ्नो १८ औं वार्षिकोत्शव मनाइरहदा विराटनगर च्याप्टरले पनि उद्योग संगठन मोरंगको सभा हलमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ।

आवर विराटनगर संग कुरा गर्दै च्याप्टरका मिडिया को-अर्डिनेटर रितेश खनालले नेपालमा २००३ सालमा स्थापना भएको नेपाल युवा उद्यमी मंचमा अहिले नेपालभर १० वटा च्याप्टरहरु रहेका छन् जसमा ६ सय भन्दा बढी सदस्यहरु रहेका छन् भने यसले २०२५ सम्ममा १ हजार सदस्य पुर्याउने लक्ष्यका साथ आफुहरु अघि बढेको उनले बताए।

साथै यस संस्थाले ,' ग्रोथ विद शेयर्ड भिजन' ,' हङ्गर फोर लर्निङ्ग' ,' नेसन्स फर्स्ट ' र 'मेक अ मार्क' गरि मुख्य ४ वटा विधामा केन्द्रित रहेर कार्य गर्दछ उनले जानकारी दिए।

२००४ सालमा स्थापना गरिएको विराटनगर च्याप्टरका १८ औं वार्षिकोत्शवको अवसरमा संस्थापक अध्यक्ष एवं उद्योग संगठन मोरंगका वर्तमान अध्यक्ष सुयेशराज प्याकुरेल, विराटनगर च्याप्टरका वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठका साथै विराटनगर च्याप्टरका संस्थापक पदाधिकारीहरु त्यसैगरी विकल्प एन अल्टरनेटिव्स्का संस्थापक अध्यक्ष बसन्त अधिकारि लगायतको उपस्थितिमा केक काटी आफुहरुले वार्षिकोत्शव मनाएको खनालले जानकारी दिए।

साथै उक्त कार्यक्रममा उपस्थित विद्यार्थी एवं युवाहरुसंग युवा उद्यमी सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रमको समेत आयोजना गरिएको उनले बताए। यस च्याप्टरमा ४० वर्ष नपुगी व्यवसायमा लागेका युवा व्यवसायीहरु आबद्ध रहेको संस्था हो भन्ने कुराको पनि उनले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्