ढिस्कोमा परेर लिखु जलविद्युत आयोजनाको सुरुङका एक मजदुरको मृत्यु ,दुई जना घाईते

ढिस्कोमा परेर लिखु जलविद्युत आयोजनाको सुरुङका एक मजदुरको मृत्यु ,दुई जना घाईते

विराटनगर।

सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरीरहेका मजदुरहरु भएको स्थानमा माथीबाट ढिस्को झर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् ।

सुरुङमा काम गरिरहेको अबस्थामा आज बिहान ३ बजे रामकृष्णको ढिस्को झरि अन्दाजी ४ सय मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के एम सी हस्पिटल काठमाण्डौ लगिएको छ ।

घटनास्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली गई थप अनुन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्