पसल व्यावसायहरु बेलुकी ९ बजेसम्म खोल्न दिने मोरङ प्रशासनको निर्णय

पसल व्यावसायहरु बेलुकी ९ बजेसम्म खोल्न दिने मोरङ प्रशासनको निर्णय

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालनको अनुमति दिएको छ ।

आईतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम प्रशासनले सोमबारदेखि बेलुकी ९ बजेसम्म पसल तथा व्यावसाय सञ्चालन गर्न पाउने अनुमति दिएको हो । पछिल्लो केही दिनयता कोभिडकोे संक्रमण दर केही हदसम्म न्यूनीकरण हुँदै गएको निष्कर्ष सहित मोरङ प्रशासनले सोमबारदेखि तोकिएको मापदण्ड पुरा गरि खाद्यवस्तु, दुध तथा दुग्धजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, माछामासु, कपडा र पुस्तक तथा सुनचाँदी पसलहरु बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालनको अनुमति दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । उनले यस अवधिमा आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरि सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, इँटा, डण्डी र विधुतीय सामाग्री बिक्री गर्ने पसलहरु पनि सञ्चालन गर्न पाईने जानकारी दिए ।

मोरङ प्रशासनले यसअघि बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र पसल तथा व्यावसाय सञ्चालन गर्ने अनुमति दिएको थियो । आईतबारको बैठकले भने पसल तथा व्यावसाय सञ्चालनको समयावधि १ घण्टा थप गरेको हो । यसबाहेक उद्योग तथा कलकारखानाहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड अबलम्बन गरि सञ्चालन गर्न पाईने मोरङ प्रशासनको निर्णय छ ।

मोरङ प्रशासनले यसपटक भने असोज २० गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्