अभिमुखी कार्यक्रमको आयोजना गदै मनाईयो दिगो विकास सप्ताहव्यापी उत्सव

अभिमुखी कार्यक्रमको आयोजना गदै मनाईयो दिगो विकास सप्ताहव्यापी उत्सव

विराटनगर । विराटनगरका युवाहरुले दिगो विकास सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गदै दिगो विकास सप्ताहव्यापी उत्सव मनाएका छन् ।

आईतबार विराटनगरको होटेल श्री कृष्णमा कार्यक्रमको आयोजना गर्दै युवाहरुले सो उत्सव मनाएका हुन् । विकल्प एण्ड अल्टरनेटिभद्धारा आयोजित सो कार्यक्रममा ६० जना युवाहरुलाई दिगो विकास सम्बन्धि प्रशिक्षण दिईएको थियो । प्रशिक्षक सर्वज्ञ राजपाण्डेले उनीहरुलाई प्रशिक्षित गरेका थिए ।

अभिमुखी कार्यक्रम पश्चात युवाहरुले कोरोना विरुद्धको खोपको सुनिश्चितता माग गर्दै सडकमा खबरदारी समेत गरेका थिए । खोप सुनिश्चितता सम्बन्धि विभिन्न नारा अङ्कित प्ले कार्ड बोकेर युवाहरुले भने विराटनगरको ट्राफिक चोकमा १ घण्टा शान्तिपुर्ण प्रर्दशन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्