बिराट भिक्टोरिया ( बिभिएस +२)द्वारा २०७६ ब्याचको बिदाई कार्यक्रम सम्पन्न

बिराट भिक्टोरिया ( बिभिएस +२)द्वारा २०७६ ब्याचको बिदाई कार्यक्रम सम्पन्न

विराटनगर।

विराटनगर ५ मा रहेको बिराट भिक्टोरिया (बिद्या भुमि स्कुल) बिभिएस +२ ले २०७६ ब्याचको भर्खरै कक्षा १२ को परीक्षा सम्पन्न गरेका होटल म्यानेजमेन्टका ९० जना छात्रछात्रालाई सोमबार एक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

बिराटनगर ईन्टर्नेशनल कलेजको सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रमका प्रमूख अतिथीमा बिआईसिका सिईओ ऋषिकेश वाग्ले थिए भने कलेजकै बिवेक दाहाल र रोनक अग्रवालले पनि ब्यक्तित्व विकास तथा उच्च शिक्षाका अवसर र चुनौतिहरुको बारेमा छोटो वर्कसप प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल पराग ढुँगाना, दिपेन भट्टराई, केशव न्यौपाने, शेखर ढकाल, गुणानन्द महतो लगायतका संचालक र शिक्षकहरुले विद्यार्थीहरुको उच्च शिक्षाका लागि शुभकामना दिँदै मायाको चिनो समेत वितरण गरिएको थियो। साथै कार्यक्रम संचालक बिआईसिको तर्फबाट उपस्थित बिद्यार्थिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

उक्त बिदाई कार्यक्रममा बिभिएसका २०७६ ब्याचको ' स्टुडेन्ट अफ द ईयर' को तक्मा कलेजका छात्र संजित थापालाई प्रदान गरिएको स्रोतले बताएको छ। साथै छोटो समयमै होटल म्यानेजमेन्टमा बिराटनगरमै अलग पहिचान बनाउन सफल बिभिएस उमाबि फेशन डिजाईनिङको पनि बिराटनगरमै एक मात्र कलेजका रुपमा चिनिने कलेज प्रशासनले जानकारी दिएको छ ।

तस्बिर : सोहिल पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्