विराटनगर ।
साना हातहरू नेपाल विराटनगर मोरङले एक जना प्रभावित बालिकलाई अध्ययनको लागि आर्थिक सहयोग गरेको छ ।
साना हातहरू नामक संस्थाले सुनसरीको रामधुनी नगरपालिका – ५ की कृतिका आचार्यलाई उच्च शिक्षा अध्ययन गर्नको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कक्षा ११ मा अध्ययरत आचार्यलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग प्रदान गरेको साना हातहरू विराटनगरका प्रमुख विवश श्रेष्ठले जानकारी दिए ।
उक्त सहयोग रकम इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले हस्तान्तरण गरेका थिए । सोही अवसमार प्रहरी निरीक्षक राउतले पनि आचार्यलाई उच्च शिक्षा अध्ययनको लागि व्यक्तिगत तर्फबाट सहयोग रकम नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
छात्रा आचार्य प्रभावित बालिका हुन् । साना हातहरू नामक संस्थाले बालवालिका बेचबिखन विरूद्धको अभियानमा विगत १२ वर्षदेखि काम गर्दै आएको छ ।