ट्याक्टर र मोटरसाईकल एकापसमा जुध्दा एकको मृत्यु , एक जना घाईते

ट्याक्टर र मोटरसाईकल एकापसमा जुध्दा एकको मृत्यु , एक जना घाईते

विराटनगर।

मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी-उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर हिजो बेलुका ८ बजे दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते हुँदा उनीहरुलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो ।

घाईते मध्ये पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको छ भने पोखरेल उपचाररत अवस्थामा रहेका छन् । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको र यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरि कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्