ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित बिर्तामोडबाट  दुई जना पक्राउ

बिराटनगर।

झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका पौने ५ बजे साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ मा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान -१, क्यानन लेखेको डिजिटल क्यामेरा -थान १ र उनले चलाई ल्याएको प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्