ब्राउन सुगर सहित विराटनगरबाट एकै घरका दाजुभाइ पक्राउ

ब्राउन सुगर सहित विराटनगरबाट एकै घरका  दाजुभाइ  पक्राउ

विराटनगर।

बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बेलुका ५ बजे ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्