ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर ।

ईलामको ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । मंगलबार राती करिब १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले बाटोमा रोकेर राखिएको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक र चालकलाई नियन्त्रणलाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ट्रकका चालक भने पाँचथरको ३४ बर्षीय सुकमान राई रहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्