डाक्टर भन्दै कार्यलय सहयोगीले झुक्याएपछि…

डाक्टर भन्दै कार्यलय सहयोगीले झुक्याएपछि…

विराटनगर । डाक्टर भन्दै कार्यालय सहयोगीले झुक्याएर लिएको रकम फिर्ता नदिएपछि कटहरी–२ की अगिनाकुमारी विश्वास अहिले न्याय खोज्दै भौंतारिएकी छिन् । श्रीमान् विदेशमै भएका बेला उनी गाउँमा मिटर ब्याजीको फन्दा परेपछि भएको जायजेथा डुब्ने डरमा प्रहरी, सामाजिक अभियानकर्मी र पत्रकारसँग न्यायको गुहार माग्दै हिडेंकी हुन् ।

श्रीमान् फर्कनु अगाडी उनले आफ्नो रकम फिर्ता लिनुपर्नेछ । कोसी अस्पताल विराटनगरमा कार्यलय सहयोगीको काम गर्दै आएका जहदा–५ का धनीलाल सोरेनले उनीसँग आफू डाक्टर भएको भन्दै रकम लिएका थिए । लामो समयदेखिको कारोबार भएपनि अहिले आएर सोरेनले उनको रकम फिर्ता दिन आनाकानी गर्दै आएका हुन् ।

सोरेनले उनीसँग नौ लाख रुपिँया रकम लिईसकेका छन् । त्यसमध्ये दुईलाख रुपिँया फिर्ता पनि दिएका छन् । बाँकी रकम फिर्ता दिन उनले अस्वीकार गर्दै आएका हुन् । अगिनाले डाक्टर बताउने सोरेनको भनाईमा लागेर दिल्ली पब्लिक स्कूल नजिक दश धुर जग्गा खरिद गर्ने योजना बनाएकी थिइन् । त्यस वापत उनले पाँचवर्ष अगाडी अरनिको सहकारीबाट ४ लाख, सोरेनकै योजनामा जहदा–५ का विरेन मण्डलसँग एकलाख ७० हजार रुपिँया सापटी लिएकी थिइन् । मण्डलसँग रकम लिँदा आफ्नो जग्गा धितो राखेकी लिएकी थिइन् । त्यस बाहेकको रकम उनले नेपाल बंगलादेश बैंकबाट झिकेर दुईलाख दिएकी थिइन् ।

तर, नेपाल बंगालदेश बैंकबाट झिेकर दिएको रकमको मात्रै उनीसँग प्रमाण छ । किन की त्यो बैंकको उनले चेक दिएकी थिइन् । अरनिको सहकारीबाट आफ्नै नाममा झिकेको रकम नगद नै सोरेनलाई दिएको बताउँछिन् । विरेन मण्डलसँग सयकडा तीन रुपिँया ब्याजमा ५ वर्ष अगाडी नै जग्गा धितो राखेर ऋण लिएर सोरेनलाई दिएकी थिइन् । उनीसँग लिएको रकम वापत सोरेनले दिल्ली पब्लिक नजिकको दश धुर जग्गा उपलब्ध गराउने बताएका थिए । तर, अहिलेसम्म न त जग्गा उपलब्ध गराएका छन्, न त पैसा नै फिर्ता दिए, अगिनाले भनिन्–श्रीमानले विदेशमा कमाएकोबाट अरनिको सहकारीमा ब्याजसहित साँवा आफैं भुक्तानी गरेका छौं ।
कारोबार २०५८ सालदेखि अगिना र सोरेनले गर्दै आएका थिए । लामो समयसम्म आउजाउ र सम्बन्ध राम्रो रहेपनि पछिल्लो समय सोरेनले अगिनाको रकम फिर्ता गर्न अस्वीकार गर्दै आएपछि समस्या उत्पन्न भएको हो ।

कटहरी–२ स्थित आदर्श टोलको साढे सात कठ्ठा जाग्गा धितोमा राखेर लिएको १ लाख ७० हजार रुपैँया फिर्ता गर्न मण्डलले विश्वासलाई दवाव दिदैं आएका छन् । कि त पैसा फिर्ता गर्नुपर्ने कि त साढे सात कठ्ठा जग्गा एकलाख ७० हजारमा पास गरिदिनुपर्ने दवाव बढ्दै गएपछि विश्वास अहिले दुई छोरा–छोरीसहित कहाँ जाने अवस्थामा पुगेको बताउँछिन् । उनलाई विदेशमा हुने श्रीमान्को पनि उतिकै दवाव छ ।
मण्डललाई विश्वाससम्म ल्याउने काम समेत सोरेनले नै गरेका थिए । विश्वासलाई रकम दिने मण्डलले धितो राखेर लिएको ऋण सापटी, फिर्ता मागेको बताए । उनले सोरेनलाई आफूले पैसा दिन नसक्ने भएपनि विश्सासको जग्गा धितो राखेर रकम दिएको बताए । उनलाई म पैसा दिनै सक्दिन थिए, मण्डलले भने–अगिनाले आफ्नो जग्गा धितो राखेर पैसा लिने र उनले चलाउने भएपछि सापटी दिएको हुँ ।
अगिनालाई झुक्याएका सोरेनले भने चाँडै व्यवहार मिलाउने बताएका छन् । उनले भने, पैसा मैले पनि लिएको हैन, उनैले बैंकबाट झिकेको रकम अर्कोलाई दिएको थिएँ, उसले फिर्ता दिएको छैन । उनले आफूले डाक्टर भनेर नझुक्याएको दावी गर्दै भने, म त कार्यलय सहयोगी मात्रै हुँ । अगिनाले आफ्नो मोवायलमा सोरेनको नम्बर ‘डाकर’ भनेर सेभ गरेकी छिन् ।

विवाद बढ्दै जाँदा अगिनाले प्रहरीमा समेत आफू पीडित भएको भन्दै उजुरी दिएकी छिन् । त्यस बाहेक अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसंस्थामा गुहार माग्दै आएकी छिन् । उनले पत्रकारबाट समेत केहि सहयोग पाइने भन्दै गुहार मागिरहेकी छिन् ।
यो सब थाहा पाएका सोरेनले भने अहिले उनलाई बिहान ५ बजे अगाडी र साँझ ६ बजे पछाडी दिल्ली पब्लिक स्कूल छेउको जग्गा हेर्न बोलाउने गरेका छन् । तर, उनी आफू असुरक्षित भएको भन्दै जान अस्वीकार गर्दै आएको बताउँछिन् । घाम झुक्केपछि वा घाँम अस्ताउनु अगाडी नै किन बोलाउँदैन ? अगिनाले भनिन्–मेरो ज्यान खतरामा परेको महसुश गरिरहेकी छु । जिल्ला प्रशासन कार्यालय मोरङमा उनले शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएकी छिन् । प्रशासन कार्यालयले प्रहरीलाई सुरक्षाको प्रत्याभूत हुने गरि छलफल गराउन निर्देशन समेत गरिसकेको छ ।

सोरेनले यस विषयमा चाँडै नै हिसाब–किताब हुने बताएपनि कति रकम लिएको हो, भन्न चाहेनन् । उनले आफूले पैसा नदिएको बताउँदै बुझाउनु पर्ने रकम बुझाई सकेपनि अझै माग्ने गरेको आरोप लगाएका छन् । विश्वासले आफ्नो नौलाख रुपिँया पैसा सोरेनले बुझाउनु पर्नेमध्ये दुईलाख बुझाएको र बाँकी रकम फिर्ता दिनुपर्ने दावी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्