विराटनगरको ग्रेडेड स्कुलमा निर्वाचन पद्धतिबाट स्कुल क्याप्टेन छनौट

विराटनगरको ग्रेडेड स्कुलमा निर्वाचन पद्धतिबाट स्कुल क्याप्टेन छनौट

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा निर्वाचन पद्धतिबाट क्याप्टेन छनौट भएको छ ।

बुधबार निर्वाचन गरेर स्कूल क्याप्टेन र भाईस क्याप्टेन छनौट गरिएको हो । स्कुल क्याप्टेन छात्रमा कक्षा १० का सुरज पौद्धार निर्वाचित भएका छन् । छात्रातर्फको स्कूल क्याप्टेनमा सिम्रन राजवंशी छनौट भएकी छन् । यसैगरि स्कुलको भाईस क्याप्टेनमा छात्रतर्फ देवराज नारायण महतो र छात्रातर्फ दिया ठाकुर छनौट भएकी छन् ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले मतदान गरेर क्याप्टेन र भाईस क्याप्टन छनौट गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्