नेताको “लाइन’ खोज्दै विराटनगर महानगरका सभापति आकांक्षी, चार दाबेदारका आ–आफ्नै दाउ

नेताको “लाइन’ खोज्दै विराटनगर महानगरका सभापति आकांक्षी, चार दाबेदारका आ–आफ्नै दाउ

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगर समिति, सभापतिका पाँच आकांक्षी केन्द्रीय नेतृत्वको ‘लाइन’ को प्रतिक्षामा छन् । मोरङमा गाउँ-नगरको दुईदिनपछि आउँदो शुक्रबार नोमिनेशन र शनिबार निर्वाचनको तयारी भईरहँदा नेपाली काँग्रेस विराटनगरको सभापति उमेद्वारका दावेदार भने केन्द्रीय नेताको आश्वासन पर्खेर बसेका हुन् ।

विराटनगरको सभापतिका आकांक्षीले डा.शेखर कोइरालाको समर्थन खोज्ने गरेका छन् । अहिलेसम्म डाक्टर शेखर कोइरालाले निर्वाचनमा उठ्ने चारैजनाको बारेमा केहि पनि नबोलेपछि आकांक्षीहरु अपेक्षाको प्रतिक्षामा रहेका हुन् ।

तर, पार्टी सभापतिको संस्थापन लाइनबाट भने सन्तोष न्यौपाने एकल उमेद्वारको रुपमा अगाडी बढिसकेका छन् । उनलाई मोरङ काँग्रेसका प्रभावशाली नेता अमृत अर्यालले सहयोग गर्दै आएका छन् । सभापतिको संभावित विजयी मानिएका सन्तोष न्यौपानेले आफू उमेद्वारको रुपमा निर्वाचनमा होमिएको बताएका छन् ।

विराटनगरमा सभापतिको रुपमा दिपक चापागाँईलाई पनि यस पटक राम्रो उमेदवार मानिएको छ । सामाजिक रुपमा राम्रो छवी बनाएका चापागाँईलाई डा.शेखरको उमेद्वारको रुपमा चिनिन्छ । ‘नोमिनेशन’ नहुँदासम्म नबोल्नु फरक कुरा हो तर मैले त्यहि लाइनको पक्षबाट सभापतिको उमेद्वारी दिने कुरा पक्का भएको छ, चापागाँईले भन्नुभयो–संस्थापन पक्षका उमेद्वारसँग मेरो प्रतिस्प्रर्धा हुनेछ ।
विराटनगर–२ बाट सबैभन्दा बढी मत ल्याएर क्षेत्रीय प्रतिनिधि निर्वाचित चापागाँईले आफ्नो वडामा सर्वाधिक मत ल्याउने सन्तोष न्यौपानेलाई प्रतिस्प्रर्धीको रुपमा हेरेका छन् ।

सभापतिका आकांक्षीमध्येका अरुण न्यौपाने विराटनगर–२ बाटै तेस्रो नम्बरको लोकप्रिय मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनलाई नेता रामचन्द्र पौडेल समूहको उमेदवारको रुपमा अगाडी सारिएको छ । आफ्नो समूहबाट आधिकारिक उम्मेदवार कसलाई बनाउने भनेर त्यो समूहले न्यौपानेलाई अगाडी सारेको छ । तर, विराटनगरमा पौडेल समूहको मात्रै नामले निर्वाचन जित्न सकिने अवस्था छैन । न्यौपानेलाई विराटनगरका मेयर भीम पराजुलीको उमेद्वारको रुपमा चर्चा गरिदैं आएको छ ।

नेपाल विद्यार्थी संघको सह–महामन्त्री समेत भईसकेका युवा कृष्ण कार्की समेत सभापतिको उमेद्वारको रुपमा अगाडी देखिएका छन् । तर, कार्कीले नेताको लाइन भने पाईसकेका छैनन् । कसैले केन्द्रीय नेतृत्वको लाइन पाएका छैनन, कार्कीले भने–यस पटक नेताहरुले आन्तरिक प्रतिस्प्रर्धाबाट निर्वाचित भएर आउनेलाई समर्थन गर्ने कुरा बुझेको छु । कार्कीले निर्वाचन अगाडी कसैले कसैलाई समर्थन नगर्ने र निर्वाचित भएर आउने उमेद्वारलाई आधिकारिक मान्ने गरि डाक्टर शेखर कोइराला मौन रहेको दावी गरे ।

उमेद्वारमध्ये अहिलेका कार्यवहाक सभापति अरुण न्यौपाने समेत महानगरभित्र बलिया मानिन्छन् । तर, पछिल्लो समय उनलाई कतिपय घटनाक्रमले विवादमा तानेपछि कमजोर रुपमा बुझ्ने गरिएको छ । विराटनगर–२ मा क्रियाशिल सदस्यहरुले क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउँदा समेत प्रतिस्प्रर्धीमध्ये चापागाँईलाई सर्वाधिक र न्यौपानेलाई तेस्रो स्थानको मत दिएर त्यसको संकेत दर्शाएको काँग्रेसजनमा चर्चा छ ।

महानगरमा अर्का आकांक्षीको रुपमा प्रकाश दाहाललाई समेत हेरिएको छ । आफ्नो उमेद्वारी घोषणा गर्नु भएका दाहाल संस्थापन इतर समूहभित्रैका उमेदवारको रुपमा चिनिनुहुन्छ । विराटनगर महानगरमा क्षेत्रीय प्रतिनिधिसहित वडा तथा बुथ सभापति गरेर ६४८ जनाले नगरको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्