विराटनगर । नेपालको प्रतिनिधित्व गर्दै कतारमा आयोजित ३६ र्औ एसियन स्नुकर च्याम्पियनसिपको टप १६ मा पर्न सफल खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ ।
२०२१ मा जारी ३६ औं एसियन स्नुकर च्याम्पियनसिप को टप १६ मा पर्न सफल काठमाण्डौ घर भएका अंकितमान श्रेष्ठलाई बुधबार सम्मान गरिएको हो । सम्मानित श्रेष्ठलाई फस्ट ब्रेक स्नुकर, प्रदेश नम्बर एक विल्डर्स साथै स्नुकर प्रदेश नम्बर एक समिति लगायतका स्नुकर खेलाडीहरुले फुलमाला र खादा सहित सम्मान गरेका थिए । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै विदेशमा गएर स्नुकर प्रतियोगितामा सहभागिता जनाउन पाउँदा एकदमै गर्भान्वित महशुस भएको श्रेष्ठले बताए । उनले भने, 'अन्य धेरै मुलुकका खेलाडीलाई पछि पार्दै आफु उत्कृष्ट टप १६ मा पर्न पाउँदा नेपालको नाम राख्न पाईयो । खुशी छु ।'

सम्मान कार्यक्रममा भने स्नुकर प्रदेश एक समितिका अध्यक्ष नायरायण श्रेष्ठ, उपाध्यक्ष विजय श्रेष्ठ, सचिव निमेस बस्नेत र कोषाध्यक्ष हिमाल भटराई लगायतका स्नुकर खेलाडीहरुको सहभागिता थियो ।