जिल्ला अदालत मोरङमा १७ अर्बको सुन बारेको बहस जारी

जिल्ला अदालत मोरङमा १७ अर्बको सुन बारेको बहस जारी

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवासायीले प्रतिवादीका पक्षमा बहस गरेका छन् । मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका हुन् ।

अधिवक्ताहरु विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रतिरक्षामा बहस गरेका हुन् ।
कानुन व्यवसायीहरुले प्रतिवादीहरु सञ्जयबहादुर राउत, श्यामबहादुर खत्री, राजन थापा, अम्मरमान ढंगोल, माधव भनिने मदन घिमिरे, मोतीराम श्रेष्ठ, एलबी भनिने लालबहादुर मगर, राजु महर्जन, डेबिट छिरिङ वाङ्गेल घले, शैयद अकबर साह, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ लगायतको पक्षमा बहस गरेका हुन् । प्रतिवादीमध्ये नेपाल प्रहरीका एसएसपी खत्री र डीएसपी राउत जिल्ला अदालत मोरङको आदेशबाट थुनामा छन् ।

मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि भइरहेको छ । फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन् । जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि अरु थप विषय बुझ्न नपरेमा अदालतबाट मुद्दाको फैसला हुने छ ।
प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराइसकेका छन् । श्रेस्तेदार राणाले बहसका लागि कानुन व्यवसायीले नाम दर्ता गराउने क्रम जारी रहेको बताए । नेपाल प्रहरीका उच्च अधिकारीसहित मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ ।

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम ९करिब ३८ क्वीन्टल० सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ ।

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको दाबी सरकार पक्षको छ । तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन ।
तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरे भनिने चूडामणि उप्रेतीको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भएको घटना पत्ता लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्