विराटनगरका उद्योगीद्वारा ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगरका उद्योगीद्वारा ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले ‘मेरो देश मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरु गरेको यो अभियानको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र आज राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि संचालनमा ल्याएको अभियान प्रशंसनिय रहेको उक्त अवसरमा राष्ट्रपति भण्डारीले बताउनु भएको थियो । ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटि देशव्यापीरुपमा अभियानलाई सार्थक तुल्याउनु राष्ट्रपतिले उद्योगी–व्यवसायीसँग आग्रह गर्नु भएको संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो ।

मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो लिएर उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा संयूक्त प्रतिनिधि मण्डल शितल निवास पुगेको थियो । टोलिमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा, संगठनका पूर्व अध्यक्ष्ँ किशोर प्रधान, संघका पूर्व अध्यक्ष्ँ महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष्ँ नविन रिजाल, संगठनका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्