विराटनगर ,असोज १४
बिराटनगर ११ स्थित सगरमाथा कलेजले आफ्ना कक्षा-१२ का बिद्यार्थीहरुलाई विदाई गरेको छ। कलेजका व्यस्थापन तथा बिज्ञान संकायमा अध्ययनरत विध्यार्थिहरुका लागि फेरवेल कार्यक्रम आयोजना गरि विदाई गरेको हो। बिराटनगर इन्टरनेशनल कलेजमा बिद्यार्थीहरुलाई करियार गाइडेन्स सेमिनार सहित कलेजले विदाई गरेको थियो। कार्यक्रममा बिराटनगर इन्टर्नेशन कलेजका अपरेशन प्रमुख बिबेक दाहाल , ट्रेनर रोनक अग्रवाल , सगरमाथा स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम लगायतले बोलेका थिए ।
सगरमाथा कलेजको प्रांगणमा समेत कार्यक्रम विद्यालयले बिद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना गरेको कलेजका प्रिन्सिपल गौतमले जानकारी दिए ।