बिराटनगर इन्टरनेसनल कलेजमा बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने

बिराटनगर इन्टरनेसनल कलेजमा बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने

विराटनगर , असोज १४ 

बिराटनगर-६ स्थित बिराटनगर इन्टरनेसनल कलेजमा  बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनसंगको साझेदारीमा संचालित उक्त कलेजले प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गर्न लागेको हो । बुट क्याममा बिराटनगरका बिभिन्न कलेजका बिद्यार्थीहरुको सहभागिता हुने छ । आइएंजी स्किल एकेडेमीको सहयोगमा असोज १५ गते देखि १७ गते सम्म बिजनेस र हस्पिटालिटी बुटक्याम्प आयोजना हुने कलेजका बिजनेस डेभलपमेन्ट तथा अपरेसन प्रमुख बिबेक दाहालले जानकारी दिए ।

उक्त क्याममा नेतृत्वबिकास ,उद्यमशीलता लगायतका बारेमा वर्कशप आयोजना हुनेछ । उक्त बुटक्याम्पमा सहभागी हुन यहाँ नाम दर्ता गर्न सकिने छ ।

 

 

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा बिराटनगर इन्टरनेसनल कलेज , इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्