ट्राफिकचौकमा प्रहरीको नयाँ भवन बनाउने तयारी

ट्राफिकचौकमा प्रहरीको नयाँ भवन बनाउने तयारी

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मोरङ ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । साविक जिल्ला ट्राफिक प्रहरी कार्यालयको जीर्ण भवन रहेकै स्थानमा नयाँ भवन बन्ने भएको हो ।
नयाँ भवनमा अण्डर ग्राउण्ड र भुँई तला पार्किङसहितको संरचना तयार पार्न डीपीआरको काम भईरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रबहादुर खड्काका अनुसार बहुवर्षे योजना अनुसार प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको बजेटमा पाँच तले नयाँ भवन बनाउने प्रक्रियाको थालनी गरिएको हो ।

साविकको भवन वि.सं. २०३५ सालमा तीनतले बनेको थियो । अहिलेको आवश्यकता पूरा गर्न असंभव भएपछि नयाँ भवन निर्माणका लागि पहल भईरहेको थियो । एक कठ्ठा ६ धुर क्षेत्रफलमा आधुनिक भवन बनाउने योजना अनुसार काम भईरहेको छ, ट्राफिक प्रमुख खड्काले भन्नुभयो–ग्राउण्डमा कार र भुँईतलामा बाईक पार्किङ गर्ने र एउटा सानो कार्यालय प्रयोजनार्थ कोठा निकालिने छ । ट्राफिक प्रहरीले कारवाही गरेका सवारी मात्रै यहाँ पार्किङ गरिनेछ ।

तत्कालिन भौतिक योजना मन्त्री अमिरबाबु गुरूङले भवन निर्माणका लागि आवश्यक प्रक्रियाको थालनी गर्न शहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजन कार्यालयलाई निर्देशन दिनुभएपछि काम सुरु भएको थियो । भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले इन्टरफेस इञ्जिनियरिङ प्रा.लि. कोटेश्वर काठमाडौंलाई भवनको डीपीआर तयार पार्न दिएको थियो । पाँच करोडको लागतमा बन्ने भवन अपाङ्गमैत्री एवं महिलामैत्री, ट्राफिक प्रमुखको आवास, अन्य प्रहरीको आवास र मेससहितको कार्यालय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्