बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक

बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक

विराटनगर । पूर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनीक गरिसकेका छन् ।

श्रीकृष्ण लुईटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छ । सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ ।

उनका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्