विराटनगर–११ को वडा सभापतिमा शिक्षक निर्वाचित भएपछि रिट

विराटनगर–११ को वडा सभापतिमा शिक्षक निर्वाचित भएपछि रिट

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर वडा नम्बर ११ को वडासभापतिमा विजयी भएका रामसुन्दर राजवंशी सरकारी शिक्षक भएको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरिएको छ । शिक्षकले वडा सभापति जितेको भन्दै उनीसँगै पराजीत सञ्जय नेपालले उच्च अदालत विराटनगरमा असोज १० गते रिट दायर गरेका हुन् ।

उच्च अदालत विराटनगरले विपक्षीका नाममा कारण देखाउ र अन्तरिम आदेशसहित शुक्रबारका लागि दुवै पक्ष हाजिर हुन आदेश दिएको छ ।
नेपालले वडा सभापतिमा विजयी भएका राजवंशीको उम्मेदवारी खारेज हुनुपर्ने र निकटतम् प्रतिद्वन्द्वीलाई विजयी घोषणा गर्नुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन् । नेपालले शिक्षा ऐनअन्तरगत शिक्षक पेशामा रहेका व्यक्ति सक्रिय राजनीतिमा रहन नसक्ने दाबी गरेका छन् । वडा सभापतिमा निर्वाचित राजवंशी विराटनगर–१८ स्थित बुधनगर फँडानीको राम प्राविका राहत शिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्