बिभिन्न कार्यक्रम गरि देशैभर आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदै

बिभिन्न कार्यक्रम गरि देशैभर  आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदै

काठमाडौं।

आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय देश,समाज र परिवारका लागि खर्चिने ज्येष्ठ नागरिकहरुको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरिन्छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।

नेपालमा आधुनिकतासँगै बदिलंदो परिवेशले नेपालका ज्येष्ठ नागरिकहरुको अवस्था भने कमजोर हुँदै गएको पाइएको छ । खासगरी युवाहरु शहर तथा विदेशमा पलायन हुने गरेकाले घरमा ज्येष्ठ नागरिक अलपत्र पर्ने मात्र होइन मानव अधिकारबाट समेत वन्चित हुन थालेका छन् ।

कतिपयले त ज्येष्ठ नागरिकलाई अनुत्पादक तथा बोझका रुपमा लिएर हेंला गर्ने गरेका उदाहरण पनि छन् । नेपालको संविधानको धारा ४१ मा मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएपनि कतिपय बुढेशकालमा बेसहारा जीवन बिताउन बाध्य हुन्छन् ।

राज्यले वृद्ध भत्ता र उपचारखर्च सहित अहिले मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । नेपालको कुल जनसंख्याको करिब ९ प्रतिशत अर्थात् २५ लाखको संख्यामा रहेका ज्येष्ठ नागरिक मध्ये अधिकांश साक्षर नहुँदा राज्यले उपलब्ध गराएको सेवा र सुविधा लिनबाट समेत वन्चित भएका छन्
।- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्