उद्योग संगठनको ‘वुट क्याम्प’ मा स्टार्टअप

उद्योग संगठनको ‘वुट क्याम्प’ मा स्टार्टअप

विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका २४ जना स्टार्टअप व्यवसायीहरुलाई आज देखि चार दिने ‘वुट क्याम्प’ सुरु गरिएको छ । व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन संगठनको स्टार्टअप एण्ड ईनोभेशन समितिले ‘वुट क्याम्प’ सुरु गरेको हो ।

त्यस अवसरमा समितिका संयोजक सुरेन्द्र गोल्छाले युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकोले छनौटमा परेका उनीहरुलाई ‘वुट क्याम्प’ प्रारम्भ गरिएको बताउनुभयो । देशले आर्थिक समृद्धि हासिल गर्नका लागि नयाँ उद्यमशिलता विकास आवश्यक रहेको महसुश गरेर उद्योग संगठन मोरङले कार्यक्रमको प्रारम्भ गरेको समितिका संयोजक गोल्छाले बताउनुभयो ।
चार दिने वुट क्याम्पमार्फत प्रदान गरिने ज्ञान र सीपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नयाँ संभावना र आयामहरुको बारेमा दक्ष्ँता अभिवृद्धि गरीने वताउदै कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरि स्टार्टअपहरुको सम्वन्धमा जानकारी दिईने भएको छ ।

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चार दिने वुट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफनो व्यवसायको भावि लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । तालिम अवधिमा सहभागीहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थाप र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरि विजनेश मोडल क्यान्भास तयार गर्ने वताउनुभयो ।

कार्यक्रमको फोकल पर्सन प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका २४ स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै वुट क्याम्पले छनौट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन सहयोग पु¥याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्