नेपाली काँग्रेसको १४ औं महाधिवेशन : महानगर सभापतिमा चार आकांक्षीकोे उमेदवारी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : महानगर सभापतिमा चार आकांक्षीकोे उमेदवारी

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका समितिका लागि सभापतिमा चार आकांक्षीले उमेदवारी दर्ता गरेको छ । प्रदेश १ को एकमात्रै महानगरपालिका चार सभापतिसहित १९ जनाले पदाधिकारीमा मनोनयन गरेका हुन् ।

सभापतिमा अरुणकुमार न्यौपाने, कृष्णबहादुर कार्की, दिपक चापागाँई र सन्तोष न्यौपानेको उमेदवारी परेको छ । महानगरको उपसभापतिमा इन्दु सुवेदी खतिवडा, दिपेन्द्रकुमार स्वर्णकार, धनराज गुरुङ, निरज कोइराला र प्रविण जोसीको उमेद्वारी परेको छ ।

यसैगरी सचिवमा झुमा निरौला, तेजिन्द्र भट्टराई, पेशल ढुंगेल र सुजन दाहाल, सह–सचिवमा गिरिशकुमार कोइराला, जसमिन कार्की, दिवस नेपाल, ई.मनाजिस हसन, शिवप्रसाद पराजुली र सचिन पोखरेलको उमेद्वारी परेको छ ।
सदस्यतर्फ वडा नम्बर १ बाट मिना पोखरेल, असिम ढुंगेल र रोशन भट्टराई, २ बाट अन्जु रिजाल बन्जारा, कैलाश चन्द्र भट्टराई, दिपक न्यौपाने, रोशनकुमार बुढाथोकी र विपन पौडेलको उमेद्वारी परेको छ । वडा नम्बर ३ मा ज्ञानु न्यौपाने, दुर्गाप्रसाद सुवेदी, धिरज थापा र विकास भण्डारी, वडा नम्बर ४ मा लक्ष्मी घिमिरे (पोखरेल), दिपेन्द्र चौधरी र पर्शुराम कट्टेल, वडा नम्बर ५ मा विष्णु खत्री, कृष्णकुमार पौडेल, भुवन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ, ६ मा सावित्रा भट्टाई, सोभा खनाल, जावेद एकवाल र नुरुल मियाँले उमेद्वारी दर्ता गराएका छन् ।
यसैगरी विराटनगर–७ मा सुष्मा बस्नेत, ऋषिबचन यादव र जसवन्तकुमार सिंह, ८ मा संगीता शर्मा पोखरेल, अजय सिंह, दिवस गिरी, वडा नम्बर ९ मा सुनिता मास्के, आदित्य तुलाधार र एजाज अहमद, वडा नम्बर १० मा बिन्दु रिजाल, जयप्रकाश राय र सन्तोषकुमार दास, विराटनगर ११ मा सजिता रायमाझी, ध्रुवराज कोइराला र सन्तोष श्रेष्ठको उमेद्वारी परेको छ ।
विराटनगर १२ मा गायत्रीकुमारी दास, लालबहादुर कार्की र महेश हमाल, १३ मा बिमलादेवी खनाल, कृतानन्द यादव र केशवप्रसाद सापकोटा, १४ मा पार्वतीदेवी नपाल, बिनयकुमार झा र प्रशान्त यादव, १५ मा दिपा पौड्याल जैसी, अभय कान्त झा, नरेन्द्र डंगोल, प्रेमलाल सिंह सुवाल र शशी शर्माको उमदेवारी परेको छ । यसैगरी १६ मा पद्मा राई, नथुनी कामत र नवराज पौडेल, १७ मा रत्ना लामा, मोहमद तनवीर, संजीवकुमार थापा, १८ मा मिना राजबंशी, दिपेन्द्रकुमार साह, श्यामकुमार मोची र १९ मा रिनाकुमारी सरदार, गुणराज लुईटेल र सन्जयकुमार विश्वासको उमेदवारी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्