विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो ।
चार आकांक्षीमध्ये संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत प्राप्त गर्नु भएको छ । यसैगरी अर्का पतिस्प्रर्धी कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान मतपरिणाम आएको हो ।