प्रहरी दिवसमा ब्याडमिन्टन र टेबलटेनिस खेलकुद प्रतियोगीता सम्पन्न, फोटोफिचर सहीत

<span class='c1'>प्रहरी दिवसमा ब्याडमिन्टन र टेबलटेनिस</span> <span class='c2'>खेलकुद प्रतियोगीता सम्पन्न, फोटोफिचर सहीत</span>

विराटनगर ।

"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो ।

डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्र.उ. जनार्दन जि.सी. र प्र.ज. जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि. खगेन्द्र एक्तेन र प्र.ना.नि. बुद्धी दराई रहेका छन् । त्यस्तै डबल टेबलटेनिस तर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.ह. आशाराम चौधरी र प्र.ह. मान बहादुर राजबंशी रहेका छन् भने सिंगल टेबलटेनिस तर्फ बिजेता सोही केन्द्रका प्र.ह. आशाराम चौधरी र उपबिजेता प्र.स.नि. देवी प्रसाद ढकाल रहेका छन् ।

प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने "६६ औँ प्रहरी दिवस २०७८" मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्