बिराटनगर।
झापाको भद्रपुर नगरपालिका १० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् ।
हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृतकको श्रीमानले घटनाको जानकारी गराए लगतै अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल गई स्थानियबासीको सहयोगमा खोजी गरेका थिए ।
खोजतलास गर्ने क्रममा हिजो बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा मृत अबस्थामा फेला परेको साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।