बिराटनगर जुनियर जेसिजद्वारा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

<span class='c1'>बिराटनगर जुनियर जेसिजद्वारा अन्तर विद्यालय</span> <span class='c2'> वक्तृत्वकला  प्रतियोगिता सम्पन्न</span>

बिराटनगर। बिराटनगर जुनियर जेसिजले संचालन गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणको फाईनल राउन्ड बिराटनगरकाे हाेटेल स्वागतममा सम्पन्न भएको छ। असोज ४ गते देखि ८ गते सम्म सशक्तीकरणका लागि सहकार्य भन्ने बिषयमा'ईन्टर स्कुल अनलाइन भिडियो अडिसन संचालन गरेको थियो। जसका लागि बिराटनगरका २० वटा स्कुलबाट ३१ जनाले अनलाइन अडिसन दिएका थिए । उक्त भिडियो अडिसन' बाट वक्तित्वकलाको फाइनल राउण्डका लागि छनोट भएका ८ वटा स्कुलका १४ जना उत्कृष्ट विद्यार्थीहरुले फाईनल प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा भाग लिएका प्रतियोगीहरु मध्ये बुढानिलकण्ढ स्कुलकि सिरिन भट्टराई प्रथम, कोशी बिद्या मन्दिर स्कुलकि रेचल दास द्वितीय र ज्ञान सारथि बिद्या पिठ स्कुलकी यिसुका बस्नेत तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम हुने लाई रु ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र दिएका छन् भने द्वितीय हुनेलाई ३ हजार नगद र तृतीय हुनेलाई २ हजार नगद सहित दुबैलाई ट्रफी ,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक समितिले जनाएको छ।

प्रतियोगितामा निर्णायक मण्डलहरुको भुमिकामा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था मोरङ्गका अध्यक्ष दिनेश श्रेष्ठ ,बिराटनगर जेसिजका भुतपुर्व अध्यक्ष देवेश प्रधान र बिराटनगर जुनियर जेसिजका भुतपुर्व अध्यक्ष रमित श्रेष्ठ त्यसैगरी कार्यक्रममा बिराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डाक्टर सन्देश दास श्रेष्ठ , विराटनगर जुनियर जेसिजका निरुपित संयोजक मिलाप कर्ण, विराटनगर जेसिजका र विराटनगर जुनियर जेसिजका भूतपूर्व अध्यक्षहरु लगायत विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व ग्रहण विराटनगर जुनियर जेसिजका अध्यक्ष जीना शर्माको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्