रेमिट सहकारीको नवौं बार्षिक साधारण सभा सम्पन्न

रेमिट सहकारीको नवौं बार्षिक साधारण सभा सम्पन्न

विराटनगर । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार मोरङको ग्रामथान वडा नं. २ झोराहाटमा सहकारीको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ज्येष्ठ नागरिक सतनलाल राजवंशी, खेतप्रसाद ढकाल र झुथरी चौधरी रहेका छन्् ।

यस्तै एसईईमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका सन्तानबाट रुजन भट्टराई र रानी निरौलालाई समेत सम्मानित भएकी छन् । उनीहरूले २०७७ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याएको संस्थाले जनाएको छ । यसैगरि पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा योगदान पुयाउने नागरिक दैनिकका पत्रकार विनोद सुवेदी पनि सोही अवसरमा सम्मानित भएका छन् । उनलाई जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सचिव एकराज निरौला र संस्थाका अध्यक्ष उमा घिमिरेले सम्मान गरेका थिए ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा रु. १२ करोड लगानी गरी खुद मुनाफा रु. ५० लाख आर्जन गरेको जनाएको छ । संस्थामा १६ सय बढी शेयर सदस्यहरु रहेको जानकारी दिईएको छ । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य राजकुमार माझी र ललीता चौधरीलाई पनि सम्मानित भएकी छन् ।

कार्यक्रममा भने ग्रामथान वडा नं. २ का वडाअध्यक्ष कृष्ण कुमार माझी, सरस्वती नमूना उच्च माविका प्रार्चाय अशोक लुइँटेल, झोराहाट साना किसान सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर कार्की र प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रयाग न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्