माओवादी केन्द्रद्वारा प्रदेश १ का केही जिल्ला तथा गाउँपालिकामा जिम्मेवारी हेरफेर

<span class='c1'>माओवादी केन्द्रद्वारा प्रदेश १ का केही</span> <span class='c2'>जिल्ला तथा गाउँपालिकामा जिम्मेवारी हेरफेर</span>

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सह–इन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ ।

कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै सुनसरीको संयोजकको जिम्मेवारी भने सुरेन्द्र मेहतालाई दिइएको छ । उदयपुर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयोजकमा भगवती खनाललाई मनोनयन गरिएको सो पार्टीले जनाएको छ ।

यस्तै माओवादीले जनवर्गीय संगठनहरूको जिम्मेवारी पनि तोकेको छ । वाइसिएल प्रदेशको इन्चार्जमा कुल प्रसाद साम्बा, सहइन्चार्जमा जीवन आचार्य, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा मुक्साहाङ मेन्याङ्बो, सहइन्चार्जमा नारायण बुर्जामगर, पेशागत महासंघ, नेपाल र सम्बद्र्ध संगठनको इन्चार्जमा सुशिला घिमिरे, सहइन्चार्जमा कल्पना कार्की, अखिल नेपाल टे«ड युनियन महासंघ र सम्बद्ध संगठनहरुको इन्चार्जमा हेम कार्की, सहइन्चार्जमा भुपाल सापकोटा, भानु मैनाली, ओपेन्द्र राय, उद्योग व्यवसायिक संगठन र सम्बद्र्ध संगठनहरुको इन्चार्जमा टंक गिरी, सहइन्चार्जमा द्रोणप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यस्तै जनसांस्कृतिक महासंघको इन्चार्जमा शम्भु राई, नेपाल कानून व्यवसायी संगठनको इन्चार्जमा मोहनबहादुर खत्री, दलित मुक्ति संगठनको इन्चार्जमा खेम सुन्दास र सहइन्चार्ज धनमाया विक, विशाल रसाइली, प्रोग्रेसिप इन्जिनियरिङ एसोसिएसन नेपालको इन्चार्जमा वीरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीको इन्चार्जमा अइन्द्रविक्रम बेघा, खेलकुद महासंघको इन्चार्जमा राजु आचार्य र सहइन्चार्जमा थामबहादुर राई, प्रेस संगठन नेपालको इन्चार्जमा शिवकुमार डाँगी र सहइन्चार्जमा भेषकुमारी राउत, अखिल नेपाल किसान महासंघको इन्चार्जमा केपी बराल र सह-इन्चार्जमा सुरेन्द्र मेहता, चुँडामणि बराल, महिला संघ क्रान्तिकारीको इन्चार्जमा होमकुमारी खापुङ र सहइन्चार्जमा गीता तिमल्सिना, करुण ढुंगेल, भूमिहिन सुकुमबासीको इन्चार्जमा लालबहादुर सुस्लिङ र सहइन्चार्जमा कल्पना कार्की चयन भएको छ । यस्तै नेपाल बुद्धिजीवि

संगठनको इन्चार्जमा अमरसिंह थापा, नेपाल मुस्लिम संगठनको इन्चार्जमा मो.जाकिर हुसेनलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्