रुखबाट लडी घाइते भएका एक जनाको मृत्यु

रुखबाट लडी घाइते भएका एक जनाको मृत्यु

विराटनगर।

झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो दिउँसो साढे २ बजे घिरौला टिप्न रुख चढेका राई रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्