विराटनगर।
खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । उनि हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी थिइन् । घाइते राइको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।