विराटनगर।
मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराव , पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् ।
उनिहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ५ बजे प्रतिबन्धित औषधि ट्रामाडोल - ४१७ क्याप्सुल र र स्पसपैन-४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।