ईश्वर साकोसको १० औं वार्षिक साधारणसभा सम्पन्न

ईश्वर साकोसको १० औं  वार्षिक साधारणसभा सम्पन्न

विराटनगर।

ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. बिराटनगर -८ को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०७८ असोज ९ देखि १४ गतेसम्म पालिकागत तथा वडागत रुपमा ६ वटा इकाई साधारणसभाको रुपमा सम्पन्न भई मिति २०७८ असोज १६ गते शनिबारका दिन १० औं वार्षिक साधारणसभाको एकीकृत माइन्युट प्रमाणित साधारणसभा संस्थाका कार्यवाहक अध्यक्ष श्री भानुभक्त मैनालीको अध्यक्षतामा तथा प्रदेश नम्बर १ प्रदेश सहकारी संघ लि.का अध्यक्ष श्री डिल्ली पोख्रेलको प्रमुख आतिथ्यमा जीवन विकास लघुवित्त वित्तीय संस्था लि. कटहरी -२ को सभाहलमा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले रिक्त रहेको अध्यक्ष पदमा धर्मलाल सिंह कोइरी , सचिव पदमा लालबहादुर अधिकारी , सहसचिव पदमा संगिता काफ्ले र सञ्चालक सदस्यद्वयमा गुणराज जमरकट्टेल र लोकेश धाडेवालाई निर्विरोध निर्वाचित गरेको छ। संस्थाको आ .व.२०७७/०७८ को प्रगति प्रतिवेदन सभाध्यक्ष भानुभक्त मैनालीले , लेखा सुपरिवेक्षणको प्रतिवेदन समितिका संयोजक धन प्रसाद ढकालले , आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोलानाथ कटुवालले र चालु आ .व. ०७८/०७९ को नीति तथा कार्यक्रम सहसचिव लालबहादुर अधिकारीले प्रस्तुत गर्नु भएको छ भने कार्यक्रम सञ्चालन संस्थाका कैलाश कोइरालाले गर्नुभएको थियोे।

संस्थाले आ .व. २०७७/०७८ मा रु. १ करोड ३९ लाख ४६ हजार २ सय ६0 पैसा बहत्तर आम्दानी र रु.१ करोड २४ लाख ४४ हजार २ सय ५२ पैसा बत्तीस खर्च गरी रू. १५ लाख २० हजार ८ पैसा चालिस नाफा र वालात तर्फ रु. १० करोड ६७ लाख ४२ हजार ५७ पैसा बत्तीसमात्र रहेको छ भने चालू आ .व.०७८/०७९ का लागि आम्दानी तर्फ रु.१ करोड ७८ लाख ९५ हजार , खर्च तर्फ रु.१ करोड ६० लाख ९ हजार ७ सय १६ पैसा नब्बे र वासलात रु.१२ करोड ६५ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । साथै सदस्य तथा एकासगोलका परिवारको दिवंगत भएका २४ जना सदस्यहरुलाई मृत्यु राहत र १ जना सदस्यलाई उपचार साथै राहत कोषबाट सहयोग प्रदान गरिएको समेत संस्थाका व्यवस्थापक बलबहादुर घिमिरेले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्