रहेनन् फिफाका पुर्व रेफ्री खत्री !

रहेनन् फिफाका पुर्व  रेफ्री खत्री !

विराटनगर ।

फिफाका पूर्व रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ ।

आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। । उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएको तर अस्पतालले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी समेत रहेका खत्री फिफाका पूर्व रेफ्री पनि हुन् । नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्