मोरङ कारागार विराटनगरमा चौकीदार सार्न फोर्स परिचालन, गिरी आउने भयमा उद्योगी र कैदीबन्दी

<span class='c1'>मोरङ कारागार विराटनगरमा चौकीदार सार्न फोर्स परिचालन,</span> <span class='c2'>गिरी आउने भयमा उद्योगी र कैदीबन्दी</span>

विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई सुनसरीको झुक्का कारागार सार्न प्रहरीको फोर्स परिचालन गरिएको छ । कारागारा सत्ता छोड्न आनकानी गर्दै बाहिर निस्कन नमानेपछि उनलाई लैजान ‘फोर्स’परिचालन गरिएको हो ।
राईको एक महिना अगाडी सरुवा गरिएको थियो । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप सार्न सोमबार सार्न खोजिएको हो ।

मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार चौकीदार राईलाई दिउँसो ३ बजे लैजाने तयारी गरिएको थियो । तर, उनी जेलको भित्रबाट बाहिर निस्कन मानिरहेका छैनन् । आधा घण्टाको समय मागेका छन्, पोखरेलले भन्नुभयो–भएन भने बल प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको तयारी गरिएको छ । कारागार परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो । तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो त्यहिं ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगीत गरिएको छ ।

गिरी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो।
गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको बताइन्छ। कांग्रेसनिकट गिरी विराटनगरका स्थानीय हुन्।
साधारणतः एक पटक सरुवा भइसकेको कैदीलाई पुनः त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाउने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि तत्काललाई स्थगीत गरिएको छ ।

गिरीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गर्ने निर्णय गरिएको छ । तत्काल उनीहरु नआउने भएपछि मोरङ कारागारमा निमित्त चौकीदारको जिम्मेवारी किरण गुरुङलाई तोकिएको छ । गत भदौ १७ गतेको निर्णयअनुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गर्ने भनिएको थियो ।
नौ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङमा कारागारमा मासिक रुपमा धेरै ठूलो धनराशीको चलखेल हुने गर्दछ । जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ । बाहिर बजार मूल्यमा खरिद गरिएका सामाग्री पाँचगुणासम्म मूल्य बढाएर कारागार भित्र चौकीदारले असुल्ने गर्दछन् ।
गिरीको मोरङ कारागारको सरुवाले उद्योगी व्यवसायीसहित कारागारका कैदीबन्दी भने त्रसित बनेका छन्।

करण यादवको हत्या आरोपमा गिरीलाई अदालतले २०६९ सालमा सफाइ दिएको थियो। २०६६ सालमा कारागारबाटै पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप पनि गिरीलाई लागेको थियो। युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी र श्रेष्ठलाई प्रहरीले फेरि २०७० सालमा पक्राउ गरेको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो। गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग सम्पत्तिमा शुद्धीकरण विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो। अदालतबाट ३० लाख धरौटी तिरेर गिरी छुटेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्