उद्योग संगठन मोरङको कार्यसमिति र राजदुत भेटघाट

उद्योग संगठन मोरङको कार्यसमिति र राजदुत भेटघाट

विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट भएको छ । उद्योग संगठन मोरङको कार्य समिति र स्विस राजदुतबीच संगठनको सचिवालयमा आज भेटघाट भएको हो ।

भेटघाटमा स्विटजरलैण्ड र नेपालबीच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सीप विकास कार्यक्रम लगायतका बिषयमा राजदुत क्यापेलरले छलफल गरेकी हुन ।
संगठनको बर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमहरुको प्रस्तुतीकरण सुनिसकेपछि राजदुत क्यापेलरले स्विस सरकारले धेरै पहिले देखि स्थानीय संस्थाहरुसंग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले बिगत आठ बर्षको अवधीमा पहिलो पटक यो स्तरको उत्कृष्ठ प्रस्तुती र कार्यक्रमहरुका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागी सुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदुत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्राउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्विस चेम्बरहरुसंग सहकार्य गर्नका लागी सहजिकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्