राजविराजको एक अस्पतालमा कार्यरत कर्मचारी मृत फेला

<span class='c1'>राजविराजको एक अस्पतालमा कार्यरत</span> <span class='c2'>कर्मचारी मृत फेला</span>

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा सोमबार मृतावस्थमा भेटिएका छन् । प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ की २६ वर्षीया रुवीकुमारी साफीलाई आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएको छ ।

एक वर्षअघि रुवीका पति अस्पतालको फार्मेसीमा कार्यरत राजन साफीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । फार्मेसीमा कार्यरत पतिको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियो ।

स्थानीयवासीका अनुसार सासू र देवरले रुवीको तलब हात पार्न निकै प्रयास गरेपछि उनी घरेलु हिंसामा परेकी थिइन् । रूवी र राजनका दुई छोराछोरी छन् । घरझगडा सहन नसकेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

सांकेतिक तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्